Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठग्ने लोकबहादुर पक्राउ

काठमाडौं । प्रहरीले अमेरिका पठाइदिन्छु भनी ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंस्थित गोँगबुमा बस्दै आएका उदयपुरको त्रियुगा नगरपालिका–७ का ३६ वर्षीय लोकबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोँगबुबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार राउतले खिमा डाँगीसहित दुई जनालाई अमेरिका जान प्रतिव्यक्ति ८० लाख रुपैयाँ लाग्ने बताएका थिए ।

अमेरिकामा मासिक सात लाख ५० हजार रुपैयाँसम्म तलब हुने प्रलोभन देखाएर उनी दुई जनाबाट ६० लाख रुपैयाँ लिएर फरार भएका थिए ।

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077