Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१९९ दिनपछि चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

एजेन्सी । चार देशका अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर चार देशका चार अन्तरिक्ष यात्री मंगलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका हुन् ।

नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले, डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गरेका थिए ।

यो टोली गएको अगस्टमा अन्तरिक्ष स्टेसनमा गएको थियो ।

उनीहरुले १९९ दिन कक्षमा बिताएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077