Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तारे भिरमा हत्या गरेर गाडेको अवस्थामा किशोरीको शव फेला

काठमाडौं । काठमाडौंको तारे भिरमा हत्या गरेर पुरेको अवस्थामा किशोरीको शव भेटिएको छ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको हो ।

फागुन २५ मा शव उत्खनन् गरेर काठमाडौं  उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे अनुसन्धान गरिरहेको छन् ।

मृतक लामा कक्षा १२ मा पढ्थिन् । हात बाँधेर गाडेको अवस्थामा शव उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घरबाट माघ २२ मा ‘क्याम्पस जान्छु’ भनेर हिँडेकी उनी नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077