Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस र एमाले मिले राजनेताको फोहोरी खेल बन्द हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्तावको छलफलमा भाग लिँदै सांसद शर्माले कांग्रेस माओवादीको मात्रै बलमा ठूलो पार्टी नभएको बताएका हुन् ।

आफूहरूले अवस्था बदल्लौ भन्दा प्रचण्डले गठबन्धन बदलेको बताए।

सांसद शर्माले भने,'पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?'

संसद्‌मा देशका समस्याबारे छलफल भइरहनुपर्नेमा सत्ता स्वार्थका बहस हुनु बिडम्बनाको विषय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077