Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसले रविलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको स्वर्णिम वाग्लेको खुलासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा  गरेका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन्।

वाग्लेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाउने कांग्रेसले प्रधानमन्त्रीको अफर गर्दा पनि सोच्नुपर्ने जवाफ दिए । प्रतिनिधिसभाको बैठकमा कांग्रेसले सहकारी ठगी मुद्दामा छानबिन भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै आलोचना गरेको थियो ।

उपसभापति वाग्लेले भने, ‘गृहमन्त्री हुँदा खोजिने नैतिकता, प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो । यहाँ भागीभागी हिँड्नुपरेको छ, च्याप्प सम्मातेर प्रधानमन्त्री र उपप्रधानमन्त्री बनाइदेलान् भन्ने डर छ । कांग्रेसका साथीहरुलाई थाहा छ, म प्रमाणविना बोल्दिनँ भन्ने कुरा । हेक्का रहोस्, कांग्रेसले अफर गरेको छैन भने सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्दै हिँड्ने कुरा पनि भएन !’

उनले सरकारमा रहेर काम गर्न नसके रास्वपा आफैं सरकारबाट बाहिरिने बताए । उपसभापति वाग्लेले गृह मन्त्रालयमा लामिछाने आएपछि सुधारको संकेत देखिसकेको जिकिर गरे ।

उनले प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागी हिँड्नुपरेको छ भन्दै कांग्रेसप्रति ब्यंग्य गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077