Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे तीन प्रदेश प्रमुख पदमुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेका छन् ।

सोमबार मन्त्रिपरिषदको बैठकले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेश देवराज जोशीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो।

त्यस अनुसार नै राष्ट्रपति पौडेलले उक्त सिफारिस स्वीकृत गरी पदमुक्त गरेका हुन्।

यस्तै, रिक्त हुने पदहरूमा मधेस प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद बैठकले सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077