Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाका चार समिति सभापतिको निर्वाचन मिति तोकियो

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूको निर्वाचन मिति तोकिएको छ ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकले मातहतका चार समिति सभापतिहरूको निर्वाचन मिति तय गरेको हो ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत ४ गते आइतबारको दिन तोकेको जानकारी गराए ।

उनले समिति सभापतिहरूको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्याललाई निर्देशन दिएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक चैत २ गते शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077