Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रियसभाका चार समिति सभापतिको निर्वाचन मिति तोकियो

    राष्ट्रियसभाका चार समिति सभापतिको निर्वाचन मिति तोकियो

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 369
    SHARES

    काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूको निर्वाचन मिति तोकिएको छ ।

    राष्ट्रियसभाको बुधबार बसेको बैठकले मातहतका चार समिति सभापतिहरूको निर्वाचन मिति तय गरेको हो ।



    राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत ४ गते आइतबारको दिन तोकेको जानकारी गराए ।



    उनले समिति सभापतिहरूको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्याललाई निर्देशन दिएका थिए ।

    राष्ट्रिय सभाको अर्को बैठक चैत २ गते शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार