Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड ठगी, पाँचतारे होटलबाट समातिए टेकनाथ

काठमाडौं । नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीमा संलग्न सप्तरी घर भई काठमाडौं बस्दै आएका ४१ वर्षीय टेकनाथ साहलाई हयात होटलबाट पक्राउ गरेको हो ।

साहले नक्कली सुन धितो राखेर नेपाल बैंकबाट ४ करोड १४ लाख ८४ हजार ऋण लिई फरार भएका थिए ।

सोही मुद्दामा उच्च अदालत विराटनगरले साहलाई ९८ लाख ८५ हजार ५६४ रुपैयाँ बिगो र ३ वर्ष कैद सजाय सुनाएको थियो ।

साहले अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग एक करोड रुपैयाँ ठगी गरेको पनि बताइएको छ ।

प्रहरीले साहलाई गत सोमबार हयात होटलबाट पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077