Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

झोलाबाट ‘ब्ल्यांक चेक’ चोरी गरेर रकम साट्ने रेशम पक्राउ

काठमाडौं । काठमाडौंमा ‘ब्ल्यांक चेक’ चोरी गरेर रकम साट्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफि गाउँपालिका–८ स्थायी वतन भई हाल काठमाडौंको शंखमुल डेरा गरी बस्ने वर्ष अन्दाजी ४० को रेशम अधिकारी रहेका छन् ।

उनले फागुन २६ गते अन्दाजी साढे ६ बजेको शंखमुलका राधेश्याम रेग्मीको झोलाबाट खाली चेक चोरेर आफैँ रकम भरी बैंकबाट नगद साटेका थिए । साथे उनले झोलाबाट नगद रु ९७ हजार चोरी गरेको आरोप छ ।

रेग्मीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा मौखिक जानकारी गराएपछि सो कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा चोरी भएको ब्लांक चेक मा ७० हजार रुपैयाँ रकम भरी लक्ष्मी सनराईज बैंक गाबहाल ललितपुरबाट साटेको खुलेको थियो । उक्त बैंकको सीसीटीभीबाट चेक साट्ने व्यक्तिको पहिचान खुलेको थियो ।

चोरीमा संलग्न रेशमको खोजतलासका क्रममा प्रहरीले शंखमुलबाट पक्राउ गरेको हो । रेशमलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077