Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीपविरुद्धको मुद्दामा सरकारी वकिल पनि पुग्यो उच्च अदालत

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ।

जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबी भन्दा कम सजाय तोकेको भन्दै सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको हो ।

दुवै पक्षको निवेदन दर्ता भएको र अब पेसी तोकेर सुनुवाइ अघि बढ्ने उच्च अदालत स्रोतले बतायो। सन्दीपलाई जिल्ला अदालत काठमाडौँले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो।

तर नाबालिक भने नरहेको अदालतको ठहर थियो। सन्दीप पक्ष बलत्कार मुद्दामा निर्दोश रहेको भन्दै उच्च अदालत पुगेपछि सरकारी वकिल सन्दीप नाबालिक बलत्कार मुद्दा लिएर पुन: उच्च अदालत पुगेको हो।

सरकारी पक्षले सन्दीपलाई नाबालिका बलात्कार अभियोगमा हदैसम्म कारबाही माग गर्दै मुद्दा दर्ता गरेका हुन्। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

क्रिकेटर लामिछाने जिल्ला अदालतको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077