Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उदयपुर बोलेरो दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्यो [नामावलीसहित]

भोजपुर । धरानबाट १६ जना यात्रु बोकेर भोजपुरतर्फ हिँडेको बोलेरो जिप दुर्घटनामा मृत्यु भएका सबै जनाको सनाखत भएको छ ।

बिहीबार को१ज २५९३ नम्बरको बोलेरो जिप उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटनाग्रस्त हुँदा ८ जनको मृत्यु भएको थियो ।

हतुवागढी गाउँपालिकाको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरान हिँडेको उक्त बोलेरो बिहान ११ बजे भीरबाट करिब ५ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा हतुवागढी गाउँपालिका-२ दितेनीका चन्द्र प्रकाश राई, पर्वतमाया राई, दिशान राई, हतुवागढी गाउँपालिका-५ का रामकुमारी राई, किसन राई, बराहक्षेत्र ३ का पदमबहादुर थापा, इटहरी घर भएकी कमला अधिकारी र चालक हतुवागढी गाउँपालिकाकै मानबहादुर बस्नेत रहेका छन् ।

गाडीमा सवार अन्य ९ जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गाडीमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077