Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटीका भीम साउँद गोदावरीमा मृत भेटिए

कैलाली । कैलालीमा एकजना युवक मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरस्थित आफ्नो सोहदर फुपाजु राम चन्द्र साँउदको घरमा अछाम चौरपाटी गाउँपालिका २ बस्ने बर्ष २३ को भीम साँउद झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बिहीबार अपरान्ह फुपाजुको एक तले पक्की घरको आफु सुत्ने कोठाको पङ्खामा पहेलो कलरको प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका थिए ।

उनी गत फागुन २६ गते भेटघाटका लागि फुपाजुको घरमा आएको बुझिएको छ । उनी मन्द्रनगर बसेर पढ्दै आएका थिए । उनको मानसिक सन्तुलन ठिक नभएको खुलेको मालाखेती प्रहरीले जनाएको छ ।

तर यता उनका आफन्तहरुले भने घटना शंकास्पद रहेको भन्दै गहिरो अनुसन्धान गर्न माग गरिरहेका छन् ।

उनको शव पोष्टमार्टमका लागि सेति प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि डीएसपी गणेश बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077