Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोशीका मुख्यमन्त्रीलाई राजीनामा दिन एमालेको दबाब

    कोशीका मुख्यमन्त्रीलाई राजीनामा दिन एमालेको दबाब

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 444
    SHARES

    विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह गरेको छ।

    एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीलाई यस्तो आग्रह गरेका हुन् । उनले सरकारबाट राजीनामा दिन आलटाल गरे आफूहरूले आवश्यक कदम चाल्ने चेतावनी पनि दिए ।



    यो सरकार राजनीतिक हिसाबले अल्पमतमा परिसकेको उनको भनाई छ । उनले सङ्घीय सरकारको गठबन्धनको आधारमा बहुमत पाइरहेको र अहिले गठबन्धन भत्किए र अर्को गठबन्धन बनिसकेपछि मुख्यमन्त्री कार्की विरुद्धमा ५८ मत पुगिसकेको दाबी गरे।



    आफूहरूले ढिलो गरेको कारण प्रदेशको नेतृत्व कुन पार्टीले गर्ने भन्ने विषयका टुङ्गो नलागेको कारण भएको उनले सुनाए ।

    उनले सहमति अनुसार एमालेको भागमा कोशी प्रदेश परे पुनः हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने उनले बताए ।

    हिक्मत कार्की मुख्यमन्त्री बन्न नसक्ने भनेर प्रकाशित समाचारहरूमा सत्यता नभएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार