Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुबई पठाइदिन्छु भन्दै २ लाख बढी ठगी गर्ने भण्डारी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ बन्दीपुर नगरपालिका–५ घर भई मैतीदेवी बस्दै आएका विष्णु बहादुर भण्डारी रहेका छन् ।

भण्डारीले दुबईको प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले भण्डारीलाई बतिसपुतलीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077