Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवेकशील साझा पार्टीकी अध्यक्ष बाँस्कोटा र महासचिव दर्शनासहित ९ जना समातिए

काठमाडौं । प्रहरीले विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा सोही क्षेत्रमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बाँस्कोटा र दर्शनाका साथै केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, बागमती उपाध्यक्ष डिजेन बस्ने, सकिल अहमद, उज्जवल अधिकारी, उत्सव अधिकारी, युजन राजभण्डारी लगायत छन् ।

माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेर शान्तिपूर्ण भेला गर्न पाउनुपर्ने माग उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077