Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मैत्रीपूर्ण फुटबल : मलेसियासँग नेपाल ५–१ गोलले पराजित

काठमाडौं । नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको छ ।

मलेसियाको बन्द मैदान यूनिभर्सिटी टेक्नोलोजीमा भएको खेलमा मलेसियासँग नेपाल ५–१ गोलले पराजित भएको हो ।

खेलको पहिलो ३५ मिनेटमा नेपाल दुई गोलले पछाडि परेको थियो ।

त्यस्तै पछिल्लो एक सय ५ मिनेटमा नेपालले ३ गोल खायो । नेपालका लागि समीर तामाङले एक गोल फर्काए । खेल ३५/३५ मिनेटको चार खण्डमा भएको थियो ।

नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलमा लागि मलेसियाबाट बहराइन जानेछ ।

घरेलु मैदानमा दशरथ रंगशाला हुनुपर्ने होम खेल रंगशाला अयोग्य भएपछि बहराइनमा नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077