काठमाडौं । काठमाडौंको नागढुंगाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका एम्बुलेन्स चालकसहित चारजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्राफि प्रहरीले बा ३ च ८८२ नम्बरका एम्बुलेन्स चालक दोलखाको कालिन्चोक गाउँपालिका–३ का २५ वर्षीय सागर दर्जीलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी प्रदेश १–०१–००१ ख ४३ ४० नम्बरका बसका चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ४३ वर्षीय भोला चिमरिया र वाग्मती प्रदेश ०३००१ ख १९९५ नम्बरका ट्रक चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० का २४ वर्षीय प्रविण ठकुरीलाई पनि पक्राउ गरिएको छ ।
साथै ना ७ ख ९५८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १० का २५ वर्षीय निलकण्ठ थापालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।