Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बढ्यो विदेशी लगानी प्रतिबद्धता

    बढ्यो विदेशी लगानी प्रतिबद्धता

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 282
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । चालु आर्थिक वर्षको फागुन महिनामा मुलुकमा भित्रने विदेशी लगानी प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ ।

    उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको फागुन महिनामा मात्र १२ वटा परियोजनामार्फत छ अर्ब ४७ करोड ७२ लाख रुपियाँ प्रतिबद्धता आएको हो ।



    अघिल्लो माघ महिनामा विदेशी लगानी प्रतिबद्धता घटेर ३४ करोड ५० लाख रुपियाँमा झरेको थियो । फागुन महिनामा आएर भने लगानी प्रतिबद्धतामा ह्वात्तै बढेको हो । विभागका अनुसार आठ महिनामा कुुल विदेशी लगानी प्रतिबद्धता २१३ परियोजनामार्फत २९ अर्ब १३ करोड ४५ लाख रुपियाँ आएको छ ।



    चालुु आवको पहिलो महिना साउनमा ११ अर्ब ९३ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो । त्यसपछि घट्दै गएर फागुुनमा आएर पुनः बढेको हो ।

    वैदेशिक लगानीको प्रतिबद्धतासँगै मुलुकमा भित्रिने रकममा समेत वृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि माघ महिनासम्म पाँच अर्ब १८ करोड रुपियाँ एफडिआई भित्रिएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब चार करोड रुपियाँ मात्र एफडिआई भित्रिएको थियो ।

    फागुनसम्म लगानी ल्याउने प्रतिबद्धता जनाएका विदेशी नयाँ परियोजनामध्ये २३८ परियोजना, मझौला १२ र ठुला तीन परियोजना उद्योग विभागमा दर्ता भएका छन् । यस्तै यसै अवधिमा पर्यटन क्षेत्रका ११५, सेवा क्षेत्रका ८८, उत्पादनमूलक क्षेत्रका ३३ परियोजना विभागमा दर्ता भएका छन् ।

    आठ महिनामा विभागमा सूचना तथा प्रविधि क्षेत्रका आठ, पूर्वाधार क्षेत्रका छ, कृषि क्षेत्रका चार र खानीजन्य क्षेत्रका दुई परियोजना विभागमा दर्ता भएका हुन् । २३८ परियोजना, मझौला १२ र ठुला तीन परियोजना उद्योग विभागमा दर्ता भएका छन् । पर्यटन क्षेत्रका ११५, सेवा क्षेत्रका ८८, उत्पादनमूलक क्षेत्रका ३३ परियोजना विभागमा दर्ता भएका छन् । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार