Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ५ हजार ६४४ उद्योगलाई विदेशी लगानीको स्वीकृति

    ५ हजार ६४४ उद्योगलाई विदेशी लगानीको स्वीकृति

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 756
    SHARES

    काठमाडौं । नेपालमा हालसम्ममा पाँच हजार ६ सय ४४ ओटा उद्योगलाई विदेशी लगानी स्वीकृत गरिएको छ । जसमध्ये गत मंसिर महिनामा मात्र १६ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिइएको उद्योग विभागले जनाएको छ । विभागले गत कात्तिकमा पनि २४ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिएको थियो ।

    मंसिरमा स्वीकृति दिएका १६ ओटै उद्योग साना उद्योग हुन् भने कात्तिकमा एउटा ठूलो उद्योगलाई, ४ ओटा मझौला उद्योगलाई र १९ ओटा साना उद्योगलाई स्वीकृति दिइएको हो ।



    मंसिरमा स्वीकृति दिइएकामध्यै २ ओटा उत्पादनमुलक, ८ ओटा पर्यटनमुलक र ६ ओटा सेवामुलक रहेका छन् । यसैंगरी कात्तिकमा स्वीकृति दिइएका विदेशी लगानीहरुमका १२ ओटा पर्यटनमुलक, सेवामुलक १० ओटा, पूर्वाधार र सूचनाप्रविधि १÷१ ओटा रहेका छन् ।



    मंसिर महिनामा स्वीकृति पाएका १६ ओटा उद्योगहरुबाट ८४ करोड ९० लाख पुँजी लगानी गर्ने उद्योग विभागले जनाएको छ । यो लगानीबाट ६ सय ९४ जनाले रोजगारी पाउनेछन् । १६ ओटा उद्योगलाई लगानी स्वीकृत गर्दा २३६ जना लगानीकर्ताले विजनेस भिसा पाएका छन् । यसैंगरी १९ जना प्रतिनिधिले भिसा पाएका छन् । उनीहरुसँगै ४० जनाले आश्रितका रुपमा विजेनस भिसा पाउने भएका छन् ।

    गत कात्तिक महिनामा भने २४ ओटा उद्योगले विदेशी लगानी स्वीकृत पाउँदा ३ अर्ब ६५ करोड कुल विदेशी लगानी भित्रिने छ ।

    उद्योग विभागका अनुसार हालसम्ममा ३ सय २३ ओटा ठूला उद्योगले विदेशी लगानी स्वीकृति पाएका छन् भने ६ सय २२ ओटा मझौला उद्योगले स्वीकृति पाएका छन् । त्यसैंगरी ४ हजार ६ सय ९९ ओटाले साना उद्योगका लागि स्वीकृति पाएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार