Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विदेशीलाई व्यावसायिक भिसामा कडाइ

    विदेशीलाई व्यावसायिक भिसामा कडाइ

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 759
    SHARES

    काठमाडौं । सरकारले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्रै विदेशी लगानी स्वीकृत गराउने माथि कडाइ गर्ने भएको छ ।

    नेपालमा उद्योगधन्दा खोल्ने भनेर उद्योग विभागबाट लगानी स्वीकृत गराई व्यावसायिक भिसा लिने तर लगानी नगर्नेहरूलाई निरूत्साहित गर्न व्यावसायिक भिसा सिफारिसमा कडाइ गर्न लागिएको हो ।



    उद्योग विभागले व्यावसायिक भिसा सिफारिसलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै भिसा सिफारिसमा केही नयाँ व्यवस्था गरेको छ । यसले व्यावसायिक भिसालाई वास्तविक लगानीसँग आबद्ध गर्न सकिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।



    कतिपय विदेशी नागरिकमा नेपालमा वास्तविक लगानी गर्नु नभइ केही समय बसोवास गर्ने र भिसाको म्याद सकेर गन्तव्यमा फर्किने मनसाय देखिएको उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार