Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उद्योग विभागमा मूलदर्तादेखि नै खत्री र सुवेदीको सेटिङ, सेवाग्राहीलाई सास्ती

    उद्योग विभागमा मूलदर्तादेखि नै खत्री र सुवेदीको सेटिङ, सेवाग्राहीलाई सास्ती

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 543
    SHARES

    काठमाडौं । उद्योग विभागको अनुमति शाखाबाट हुने सेवाप्रवाहमा अनियमितता र ढिलासुस्ती झन् बढेको छ ।

    अनुमति शाखाका निर्देशक मनोज रेग्मीले फाइल अड्काउने, अधिकृत बसन्तबहादुर खत्री र नायबसुब्बा बालकृष्ण सुवेदीले मोलतोल गर्ने गरेको गुनासो सेवाग्राहीहरुले नै गर्नेगरेका छन् ।



    निर्देशकले सेवाग्राहीलाई दिएको सास्ती र मोलतोलका बारेमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी परेको छ ।



    सतर्कता केन्द्र स्रोतका अनुसार निर्देशक रेग्मी, शाखा अधिकृत र नायबसुब्बा सुवेदीले सेटिङ गरी उद्योगीहरुको फाइल अड्काउने र मोलतोल मिलेपछि मात्रै अगाडि बढाउने गरेका छन् ।

    त्यसैगरी, उद्योग विभागमा मूल दर्तादेखि नै सेटिङ हुँदैआएको छ । शाखा अधिकृत खत्री र नासु सुवेदीले मूल दर्ताका कर्मचारीलाई प्रलोभन दिई त्यहाँ पेश हुन आएका बहुराष्ट्रिय कम्पनी, अनुमति लिनुपर्ने उद्योगहरु लगायत ठूला उद्योगहरुका कामका निवेदनका बारेमा सूचना दिन लगाउने, सूचना प्राप्त भएपछि खत्रीले निर्देशक रेग्मीलाई उक्त निवेदनहरु आफूले हेर्नेगरी तोक लगाउन लगाउने र सुवेदीमार्फत् डिल गर्ने गरेको आरोप छ ।

    त्यसैगरी, अरु सेवाग्राहीहरुको खत्री बाहेकका अरु अधिकृतले पेश गरेका फाइलहरु निर्देशक रेग्मीले टेबुलमै थन्क्याउने गरेका छन् । शाखा अधिकृत खत्रीकै डिजाइनमा मूल दर्तासमेत अधिनमा लिएर विभागलाई बदनाम गराउने कार्य हुँदा समेत सरोकारवाला निकायबाट कारबाही नभएको भन्दै केन्द्रमा परेको उजुरीमा कारबाहीको माग गरिएको छ ।

    कार्यकक्षमा बिरलै बस्ने गरेका रेग्मी र खत्रीको भेटघाट प्रायः होटल र क्याफेतिर हुने गरेको स्रोत बताउँछ । खत्रीले विगतका शाखा अधिकृत लिला काफ्लेको जस्तै विभागका अन्य शाखाहरुका काममा समेत सेटिङ गर्ने गरेको आरोप छ ।

    प्रबिधि शाखाका निर्देशक प्रशान्त बोहरा, विदेशी लगानी शाखाका निर्देशक शंकर धामीमात्रै होइन, कुनै उद्योगको ट्रेडमार्कको कामका लागि पनि खत्री आफैं अग्रसर हुने गरेका छन् ।

    विगतमा बिदेशी लगानी शाखामा कार्यरत लिला काफ्लेले पनि विभागका सबै शाखाका फाइलमा सेटिङ गर्ने गरेको आरोप लाग्ने गरेको थियो ।

    उनले आईईको रिपोर्ट बनाउनेदेखि लिएर विदेशी लगानी स्वीकृतिका लागि आवश्यक कागजात र उद्योग दर्ताका लागि चाहिने प्रस्ताव समेत बिभागभित्रै बसेर बनाउने गरेका थिए ।

    उनी अहिले गुणस्तर बिभागमा सरुवा भएर पनि उद्योग विभागको बिदेशी लगानी सम्बन्धी कागजात बनाउने काममा अग्रसर हुने गरेको स्रोतको दाबी छ । काफ्लेकै पथमा अहिले खत्री हिंडिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार