Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • उद्योग विभागमा डीजीको स्वागत र बिदाइ, हाकिमहरुलाई सेटिङकै चटारो

    उद्योग विभागमा डीजीको स्वागत र बिदाइ, हाकिमहरुलाई सेटिङकै चटारो

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । उद्योग विभागका महानिर्देशक बाबुराम गौतम ८ महिनामै मन्त्रालय तानिएका छन् । विभाग गएदेखि नै बुझ्दाबुझ्दै मन्त्रालय तानिएका गौतमको ठाउँमा उद्योग मन्त्रालयका सहसचिव यज्ञराज कोइराला महानिर्देशकका रुपमा विभागमा हाजिर भएका छन् ।

    बिहीबार गौतमको बिदाइपछि नयाँ महानिर्देशका रुपमा कोइरालाको स्वागत गरिएको थियो । गौतमको बिदाइभर बसेका कानुनका उपसचिव दीपक घिमिरे कोइरालाको स्वागतमा भने सहभागी भएनन् ।



    सबै निर्देशक र कर्मचारीहरु सहभागी भएको उक्त कार्यक्रम घिमिरेले किन बहिस्कार गरे भन्ने बिषयमा उद्योग विभागमा चर्चा भइरहेको छ । महानिर्देशकको चाकडी गर्न नछुटाउने घिमिरेको अनुपस्थितिको बिषयले खैलाबैला मच्चाएको मात्र छैन, अनेक प्रश्न समेत खडा गरेको छ ।



    ३ बर्ष बिभागमा बिताएका र उद्योग मन्त्रालय अन्तर्गतकै कम्पनी रजिष्टार कार्यालयमा जान सबै तारतम्य मिलाइसेका घिमिरे सरुवा हुने तयारीमा रहेका कारण महानिर्देशकको स्वागत कार्यक्रममा सहभागी नभएको अनुमान कर्मचारीहरुले गरेका छन् ।

    कम्पनी रजिष्टार कार्यालयमा कार्यरत कानुनका उपसचिव टोपबहादुर बिष्टको कार्यअवधि २ बर्ष पुगेको, उनले सेटिङ गरी कुस्त आर्थिक लाभ लिएको सूचना पाएपछि घिमिरे त्यता जान उत्साहित हुँदै दौडधूपमा लागेको कानुन मन्त्रालय स्रोतले बतायो ।

    विभागमा घिमिरेले भन्ने गरेका छन्–अब आफ्नो अवधि पुग्यो, सरुवा भएर गइन्छ, विभागमा साह्रै बेथिति भयो, यस्तो अवस्थामा कसरी बस्नु ? जबकि बेथितिका मुख्य कारक नै उनै हुन् ।

    ट्रेडमार्कका हरेक मुद्दामा आर्थिक लेनदेनका आधारमा पेशी तोक्ने र अदालतको जस्तो अन्तरिम आदेश दिने प्रचलन बिभागमा घिमिरेकै पालामा चल्यो ।

    महानिर्देशकको स्वागत भइरहँदा उता अनुमति शाखाबाट सरुवा भएका हरि पँगेनीलाई भने फाइल सदर गर्न भ्याई नभ्याई थियो । एक हप्ताअघि नै घरेलु शाखामा सरुवा भए पनि शुक्रबारसम्म उनले अनुमति शाखा छाडेका थिएनन् ।

    शाखा अधिकृत बसन्तबहादुर खत्री, नायबसुब्बा बालकृष्ण सुवेदी र निर्देशक पँगेनीको टिम बिहीबार ४ बजेपछि पनि सेटिङका फाइल उठाउने र सदर गर्नेमा ब्यस्त थियो ।

    नयाँ महानिर्देशक आएपछि अधिकार प्रत्यायोजन हुँदैगर्दा अझैसम्म ब्याकडेटमा पँगेनीको टिम फाइल सदर गर्न ब्यस्त रहेको स्रोतले बतायो । बिहान कार्यालय समय सुरु हुनुअगावै र कार्यालय समय सकिएपछि करिब एक महिनादेखि पँगेनी, खत्री र सुवेदीलाई सेटिङका फाइल उठाउने र सदर गर्न भ्याई नभ्याई छ ।

    उनीहरुले सदर गरेका फाइलको पत्र खत्रीकै कार्यकक्षम रहेका कम्प्युटर अप्रेटर गौतम कुँवरले तयार गर्ने गरेका छन् । कतिपय पत्र खत्री आफैंले टाइप गरेर उनकै टेबुलको घर्रामा राखिएको चलानी कितावमा चलानी गर्ने गरिएको छ ।

    कुनै पनि कार्यालयको छाप, लेटरहेड, चलानी र दर्ताको किताव कार्यालय सहयोगी वा नासुको जिम्मामा हुन्छ, तर उद्योग विभागको अनुमति शाखामा खत्री आएपछि शाखा अधिकृत र कम्प्यूटर अप्रेटर कुँवरको जिम्मामा रहँदैआएको छ ।

    बिहान बेलुका चलानी पुस्तिका खत्री आफैंले राख्ने गरेका छन् भने दिउँसो कार्यालय सहयोगीलाई दिएजस्तो गर्ने गरेका छन् । शाखा नै कब्जामा लिएर सेटिङका फाइल र अनुमति लिनुपर्ने उद्योगका फाइलहरु यो टिमले गर्दैआएको छ ।

    पँगेनीले अनुमति शाखा नछाडेपछि आउने हप्तामात्र मनोज रेग्मीले कार्यभार लिने भएका छन् । उनको ठाउँमा शान्ता मरासिनीले गएको बुधबारै हाजिर गरेपछि कार्यकक्ष बिहीन भएका रेग्मी महानिर्देशकको स्वागत र बिदाइमा उपस्थित भएर अर्को साता आउनेगरी बिदा भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार