Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उद्योग बिभागमा तमासा, महानिर्देशकभन्दा अधिकृत र उपसचिव शक्तिशाली

    उद्योग बिभागमा तमासा, महानिर्देशकभन्दा अधिकृत र उपसचिव शक्तिशाली

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 843
    SHARES

    काठमाडौं । उद्योग विभागमा महानिर्देशक रामचन्द्र तिवारीलाई नै माथ गर्नेगरी विदेशी लगानी शाखामा अनियमितता बढेको छ । विदेशी लगानी भित्र्याउने उद्योग तथा श्रमिकका लागि ‘वर्कपरमिट’ सिफारिस गर्ने उक्त विभागका पछिल्ला गतिबिधिमाथि प्रश्न उठ्न थालेको छ ।

    विदेशी लगानी शाखाको निर्देशकमा सुरेश श्रेष्ठ हुँदाखेरी नै अनियमितताका बारेमा चर्चा हुने गरेको थियो । तर चाडपर्व, निर्वाचनका कारण उक्त चर्चा चर्चामै सीमित हुन पुग्यो । सेवाग्राहीहरु उक्त शाखाबाट घुस नदिएसम्म कामै नहुने गुनासो लिएर बालुवाटारसम्म पुगेका छन् ।



    उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडुको गृहजिल्ला दार्चुलका भएकै कारण विदेशी लगानी शाखाजस्तो आकर्षक ठाउँको निर्देशकमा पुग्न सफल भएका शंकर धामीले उक्त शाखा सम्हालेपछि अनियमितताको ग्राफ झन् बढेर गएको छ । हरेक फाइलमा पैसाविना निर्णय तथा सिफारिस नै नगर्ने स्वभावका धामी विवादास्पद छविका कर्मचारी हुन् ।



    भौतिक पूर्वाधार मन्त्रालयबाट उद्योग विभाग पुगेका धामी शाखा अधिकृत हुँदा पनि उद्योग विभागमै कार्यरत रहेका थिए । त्यसबेला पनि उनको छवि विवादित रहेको स्रोतले बतायो । मन्त्री बडुको रवाफ दिएर विभागमा पछिल्ला दिनमा उनले महानिर्देशक तिवारीदेखि अन्य कर्मचारीहरुको हुँदैनभएका कुराहरु पनि मन्त्रालयमा लगाउने गरेको मन्त्रीनिकट स्रोतले बतायो ।

    सचिवालयमा पुगेर धामीले केही दिनअघि शाखा मातहत प्राविधिक मेकानिकल इन्जिनीयर रिक्त भएको हुँदा खटाइदिन आग्रह गरेका थिए । धामीलाई सहयोग गर्ने मूल पात्र हुन्, शाखा अधिकृत लीलाराज काफ्ले । उद्योग मन्त्रालयको कर्मचारी प्रशासन शाखामा लामो समय बसेर आफैंले टिप्पणी उठाएर आफ्नै सरुवा विभागमा गराउन सफल भएका काफ्ले माओवादी निकट कर्मचारी मानिन्छन् ।

    तर, कांग्रेसकै पालामा विभागमा सरुवा मिलाउन सफल भएका काफलेले विदेशी लगानी जस्तो आकर्षक शाखामा पुग्न सफल भए । कतिपय शाखा अधिकृतहरु बरन्डा र घरेलु शाखामा बर्षौदेखि हल्लिरहेको अवस्थामा काफ्ले यस्ता पात्र हुन् जो विभाग हाजिर भएकै भोलिपल्ट विदेशी लगानी शाखामा पदस्थापन मिलाउन सफल भए ।

    मन्त्रालयमा हुँदा जनकपुर चुरोट कारखानाको सम्पर्क कर्मचारीको समेत भूमिका निर्वाह गरेका काफ््लेले अधिकृत हुँदै सरकारी गाडी चढ्ने भाग्यमानी बनेका थिए । जबकि सहसचिवले बाहेक अरुले सरकारी गाडी सुविधा पाउँदैनन् । बन्द रहेको जनकपुर चुरोट कारखानाको मन्त्रालयको तर्फबाट सहसचिवले हेर्दैआएका थिए । सहसचिव हुँदै अहिले उक्त कारखानाको कुनै जानकारी लिनुपरेमा मन्त्रालय तथा अन्य निकायले काफ्लेको सहयोग लिनुपर्छ ।

    विभाग सरुवा भए पनि उनले जचुकालिको सुविधा लिन नछाडेको स्रोतको दाबी छ । विभागमा सरुवा भएको कर्मचारी कसरी मन्त्रालयको तर्फबाट बन्द भएको चुरोट कारखानाको प्रतिनिधित्व गरिरहेका छन्, उद्योगका कर्मचारी नै आश्चर्यमा परेका छन् । रोचक पक्ष त के छ भने काफ्लेले बा १ झ ८००६ नम्बरको सरकारी गाडी विभाग जाँदा पनि सानका साथ चढिरहेकै छन् । शाखा अधिकृत भए पनि काफ्ले आफैं गाडी चलाएर महानिर्देशकजस्तै रवाफ देखाएर उनी विभागमा जाने गर्दछन् । जुन दृश्य देखेर शेयर गरी गाडी प्रयोग गर्दैआएका निर्देशक तहका कर्मचारीहरु कर्मचारी हुनु काफ्ले जस्तो भाग्यमानी भन्ने चर्चा गर्दछन् ।

    गाडी विभागको कुनातिर राखेर कार्यकक्षमा पुग्ने गरेका काफ्ले विदेशी लगानी मात्र होइन, सबै शाखाका काम गर्ने कर्मचारीमा पर्दछन् । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आईर्ई) र ब्यवसायिक परियोजनाको प्रतिवेदन बनाउनेदेखि लिएर विभागमा भईपरी आउने सबै काम फत्ते गरिदिन्छु भनेर उद्योगीहरुसँग डिल गर्ने गर्दछन् ।

    ८ घन्टे कार्यालय समयमा मुस्किलले २ घन्टाजति मात्र उनी कार्यकक्षमा भेटिन्छन् । सबै शाखाको काम मिलाउने अभिभारा आफ्नै मात्र हो जस्तो ठान्ने काफ्लेलाई अर्का शाखा अधिकृत पवन गुप्ताले पनि सहयोग गर्ने गरेका छन् । उनी अनुमति शाखाका यज्ञराज अर्याल लगायतसँग पनि कामका लागि उत्तिकै सम्पर्कमा रहने गरेका छन् ।

    अनुमति शाखाका निर्देशक घनश्याम उपाध्याय भने निर्देशक भएर पनि नासु नासुको टेबुलमा दैनिकजसो फाइलको रेकर्ड डायरीमा टिप्ने गरेको उद्योग मन्त्रालयमा समेत चर्चा हुने गरेको छ । रोचक पक्ष त के छ भने विभागमा महानिर्देशकदेखि तल्लो तहका सुब्बासाबहरु सबैको प्यारो बन्न सफल काफ्लेले जे गरे पनि छुट जस्तै छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार