Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उद्योग बिभागका डीजी, ट्रेडमार्कको पेशी तोक्दै घुस असुल्न बिजी

    उद्योग बिभागका डीजी, ट्रेडमार्कको पेशी तोक्दै घुस असुल्न बिजी

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 789
    SHARES

    काठमाडौं । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले ट्रेडमार्कका बारेमा परेका उजुरीका पेशी दिनहुँ राख्ने गरेका छन् । २०७८ मंसिर १६ मा बहाली भएका महानिर्देशक तिवारीको सरुवा हुने चर्चासँगै दैनिक विवादास्पद उजुरीको पेशी राख्दै फैसला गर्ने गरेका छन् ।

    लामो समयदेखि थाँती रहेका विवादास्पद उजुरीदेखि हालसालै परेका उजुरीहरु सेटिङका आधारमा पेशी राख्ने र फैसला गर्ने गरेका छन् । विगतमा सामान्यतया बुधबारमात्र पेशी राख्ने गरिन्थ्यो । पछिल्लो समय भने महानिर्देशक तिवारीले हरेक दिन बिहान ११ बजेदेखि नै विभागमा परेका उजुरीमा पेशी राख्दै फैसला गर्दै आएका छन् ।



    विभाग स्रोतका अनुसार अघिल्लो दिन महानिर्देशकको कार्यकक्षमा उजुरीकर्ताको पक्ष वा विपक्षसँग बिचौलियामार्फत् भेटघाट गर्ने र जसले बढी कबोल गर्छ, त्यसको तुरुन्तै पेशी राख्न लगाउने र उसकै पक्षमा फैसला गराउने क्रम चलिरहेको छ ।



    दैनिक ५ देखि ७ वटा उजुरीमा पेशी राख्ने र फैसला गर्ने गरिएको छ । आदेश भने रकम कलम मिलेपछिमात्रै सरोकारवालाले पाउने गरेका छन् । अहिले मुद्दाका पक्ष विपक्षहरुको महानिर्देशकको कार्यकक्षमा मेला नै लाग्ने गरेको बताइन्छ । कतिपयलाई भने तिवारीले एभरेष्ट होटल बानेश्वरमा भेट्ने गरेका छन् ।

    कानुनको सिद्धान्त अनुसार मुद्दाका पक्ष वा विपक्षलाई मुद्दा किनारा नलागेसम्म कहीँ पनि भेट्न मिल्दैन । तर, अर्धन्यायिक अधिकार पाएको उद्योग बिभागका महानिर्देशकले कानुनी सिद्धान्तलाई समेत खिल्ली उडाउने काम गर्दै झगडियाहरुलाई भेटेपछि मात्रै मुद्दाको पेशी राख्ने र फैसला गर्ने गरेका छन् । जुन स्थापित कानुनी मान्यता बिपरीत हो ।

    महानिर्देशक तिवारीलाई टे«डमार्कका मुद्दाको बिचौलियाको भूमिकाका शाखा अधिकृत विश्वबन्धु रेग्मी, लीलाराज काफ्लेले सहयोग गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार