Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उद्योग विभागमा कानुन उपसचिवको रजगज, सरुवा रोक्न सचिवद्वयकै सक्रियता

    उद्योग विभागमा कानुन उपसचिवको रजगज, सरुवा रोक्न सचिवद्वयकै सक्रियता

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 2K
    SHARES

    काठमाडौं । उद्योग विभागका कानुनका उपसचिव दीपक घिमिरेको कार्यकाल ३ बर्ष पुगिसकेको छ ।

    निजामती सेवाका कर्मचारीको सरुवा सामान्यतया २ बर्ष पुगेपछि हुने गर्दछ । तर उपसचिव घिमिरे यस्ता शक्तिशाली देखिएका छन्, कानुन मन्त्रालयको संस्थागत नियम र परिपाटीलाई चुनौती दिन उनी सफल देखिएका छन् ।



    गत असार महिनामै उनको सरुवा हुने चर्चा चलेको थियो । तर अहिलेसम्म सरुवाको चर्चामै सीमित छ ।



    स्रोतका अनुसार कानुन मन्त्रालयका सचिव उदय सापकोटा र उद्योग मन्त्रालयका सचिव मुकुन्द निरौलाको निगाहमा उनी टिकिरहन सफल भएका छन् ।

    घिमिरे खोटाङबाट सुनसरी बसाई सरेका हुन् भने सचिव निरौला पनि उतैका हुन् । एउटै जिल्लाबासीको साइनो लाएर घिमिरेले निरौलालाई आफ्नो सरुवा रोक्न लगाएको चर्चा विभागमा छ ।

    गएको मंसिर १८ गते उद्योग सचिवलाई सम्बोधन गरेर उद्योग मन्त्रालयमा घिमिरेको अनियमितताको बिषयमा दर्ता गरिएको उजुरी नै सचिव निरौलाले लुकाएका छन् ।

    दर्ता २००५ र २००६ को निवेदन सचिव निरौलाले उपसचिव सुरेश दाहाललाई तामेलीमा राख्न लगाएको स्रोतले बताएको छ ।

    घिमिरेले विभागभित्र गरेको अनियतिताका कारण उद्योगीहरु मारमा परेको, मुद्दाको सेटिङ गरेर पेशी राख्ने गरिएको, आफैं उजुरी दर्ता गर्न लगाउने र पेशी तोक्ने कार्यमा अग्रसरता लिने गरेको जस्ता कार्यले गर्दा विभाग बदनाम भएको हुँदा कारबाहीको माग गर्दै उनको सरुवा यथाशीघ्र गर्न माग गरिएको थियो ।

    तर अहिलेसम्म सचिव निरौलाले न उक्त निवेदनमाथि कुनै कारबाही गरेका छन्, न त घिमिरेको सरुवा नै गराउन कानुन मन्त्रालयलाई भनेका छन् ।

    कानुन मन्त्रालयले उनको सरुवा गर्ने चर्चा चलेको महिनौं भइसक्यो, तर धनराज ज्ञवाली सचिवबाट बिदा भएर उदय सापकोटा पुनः कानुन सचिव भएपछि पनि उनी यथावत छन् ।

    सापकोटासँगको घिमिरेको हिमचिमकै कारण सरुवा नभएको कानुन मन्त्रालय स्रोतले बतायो । उद्योग विभागमा जान आधा दर्जन भन्दा बढी कानुनका उपसचिवहरुले रहर गर्दा पनि घिमिरेलाई सचिव सापकोटाले संरक्षण गरिरहेका छन् ।

    अरुलाई मेरो सरुवा हुँदैछ भन्ने तर भित्रभित्रै सरुवा थमौतीका लागि दुबै सचिव निरौला र सापकोटासँग सेटिङ मिलाइसकेका उपसचिव घिमिरे तत्काल बिभाग छाडिहाल्ने पक्षमा देखिएका छैनन् ।

    यसअघिका विभागका महानिर्देशक बाबुराम गौतमलाई समेत उनले फनफनी घुमाउँदै ट्रेडमार्कका मुद्दामा चलखेल गर्दैआएका थिए । शान्त स्वभावका गौतमलाई चतुर घिमिरेले ट्रेडमार्कका मुद्दामा चलखेल गरेर बदनाम गराएको आरोप छ ।

    घिमिरेले सेवाग्राहीलाई दुःख दिइरहे पनि आफू पनि विभागभित्रकै दंगाली कर्मचारीहरुबाट पीडित भएको गुनासो निकट कर्मचारीहरुसँग चियागफमा सेयर गदैआएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार