Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नयाँ गठबन्धनमा पार्टीले थप एक मन्त्रालय पाउने माधव नेपालको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ गठबन्धनमा पार्टीले थप एक मन्त्रालय पाउने दाबी गरेका छन्।

पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा एकीकृत समाजवादील अझै एक मन्त्रालय पाउने बताए।

अध्यक्ष नेपालले भने,‘आ-आफ्नो संख्यामा आधारमा विभिन्न संख्यामा मन्त्रीहरू पठाइएका छन्। हाम्रो पार्टीले तीनवटा मन्त्री पाउँछ। दुइटा पठाएको छ। अर्को पनि हामी समयक्रममा पठाउनेछौं।’

गठबन्धनमा भने उनको पार्टीलाई दुई मन्त्रालय दिने सहमति भएको थियो। सो अनुसार भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकास मन्त्री छन्।

अध्यक्ष नेपालले प्रदेश सरकार पुनर्गठन हुने र त्यहाँ पनि पार्टीले त्यही हिसाबमा मन्त्रीहरू पठाउने बताए।

सँगै राजनीतिक नियुक्तीमा पनि आफ्ना मान्छेहरू पठाइने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077