Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको लोकसभा चुनावको मिति घोषणा

एजेन्सी । भारतको निर्वाचन आयोगले लोकसभा चुनाव २०२४ को मिति घोषणा गरेको छ।

लोकसभा चुनाव सात चरणमा हुन लागेको हो। यो निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुँदैछ र मतगणना जुन ४ मा हुनेछ ।

मार्च २० मा पहिलो सूचना जारी हुनेछ। पहिलो चरणमा अप्रिल १९ मा मतदान हुँदैछ । दोस्रो चरणअन्तर्गत मार्च २८ गते अधिसूचना जारी हुनेछ ।

भोटिङ अप्रिल २६ मा हुनेछ। तेस्रो चरणमा ७ मे, चौथो चरणमा १३ मे र पाँचौँ चरणमा २० मेमा मतदान हुनेछ । छैटौँ चरणमा मे २५ मा मतदान हुँदैछ।

जुन १ मा सातौँ चरणमा मतदान हुँदैछ । तीन चरणमा २६ विधानसभा सीटहरूमा उपचुनाव हुनेछ। यो निर्वाचन पनि आम निर्वाचनसँगै हुनेछ ।

लोकसभा चुनावमा ९७ करोड दर्ता मतदाता छन्। १०।५ लाख मतदान केन्द्र छन् । १.५ करोड चुनावी कर्मचारी रहनेछन् ।

निर्वाचनमा ५५ लाख ईभीएम मेसिन प्रयोग गरिने भएको छ । महिला मतदाताको संख्या ४७ करोड नजिक छ । २०२४ को चुनावमा करिब १ करोड ८२ लाख नयाँ मतदाताले भोट हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077