Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एमालेलाई हाम्रो सासमा पनि बास्न आउन थालेको छ : माधव नेपाल

काभ्रे । सत्ता घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई आफ्नो पार्टीको सास बास्ना आउन थालेको टिप्पणी गरेका छन् ।

काभ्रेको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले हिजोको राजनीतिक कटुतालाई भूलेर अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिले फेरि हिजो एमाले एकीकृत समाजवादी भएको ठाउँमा बस्नै नसक्ने, सासै गनाउने स्थिति थियो । अहिले बास्ना आउन थालेको छ । त्यस्तो हुन्छ । कटुता भएको बेलामा मन पर्दैन । अविश्वास बढेको बेलामा शंका हुन्छ । तर, तपाईंहरुले सुन्नुभएकै छ राजनीतिमा कहिलेपनि स्थायी शत्रु हुँदैन । मित्र पनि हुँदैन । यो कुरालाई ध्यान गर्नुपर्छ ।’

उनले अहिले एकीकृत समाजवादी एमालेमा मिल्ने भनेर भएको हल्ला सत्यता नभएको जिकिर गरे । उनले देश फेरि निर्वाचनमा नजाओस् भन्ने चाहेर नयाँ समीकरणमा सहभागी भएको बताए ।

प्रचण्डसँग ४० र ओलीसँग ५० वर्षको सम्बन्ध रहेको बताउँदै पुराना कुरा बिर्सेर नयाँ ठाउँमा जाने तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077