Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जसरी पनि म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन : माधव नेपाल

काभ्रे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले पदलाई महत्व नदिएकाले अर्को गठबन्धन बन्न नपाएको बताएका छन् ।

शनिबार काभ्रेमा आयोजित एक कार्यक्रममा बाोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले पदलाई महत्व नदिएकै कारण पार्टी अहिलेको सत्ता गठबन्धन र सरकारमा सहभागी भएको बताए ।

अध्यक्ष नेपालले भने,‘यो सरकारमा सहभागी भएर जाने कुरामा झण्डै झण्डै दुर्घटना भइसकेको थियो । दुर्घटना के भइसकेको थियो भन्दाखेरि हामीलाई अलिक समयमा सूचना नमिलेको हुनाले अर्कै गठबन्धन बन्छ कि भन्ने पनि आइसकेको थियो। हामीले पदलाई महत्व दिएनौं, जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन । जसरी पनि यो देशमा विकास निर्माणको काम अगाडि बढ्नुपर्छ, सुशासन कायम हुनुपर्छ ।’

तर जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भनेर नलाग्दा यो सरकारमा सहभागी भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077