Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजनीतिक नियुक्तिमा परिवारवादलाई निषेध गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने निर्णय गरेको छ।

आइतबार बिहान बसेको बैठकले समावेशीतालाई मध्यनजर गरि मेरिटोक्रेसीका आधारमा नियुक्ति अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव , कमजोरीलाई समिक्षा गरिएको छ। मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागी संसोधन गर्न पर्ने नियम एवं साझा न्युनतम कार्यक्रमका बारेमा छलफल गरिएको रास्वपाले जनाएको छ ।

त्यसैगरी मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभविहरूको सघाउ समूह बनाउने निर्णय भएको छ।

सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077