Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुष्माको हत्यामा संलग्न रुपेन्द्र काठमाडौंबाट पक्राउ

काठमाडौं। काठमाडौंको गोकर्णेश्वरस्थित तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुस्माको हत्यामा संलग्न भएको आरोपमा तारेभिर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

शरीरको भाग गाडिएको र हात मात्रै देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले फागुन २५ गते शव खाल्डोबाट निकालेको थियो। मृतक गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ की लामा रहेको खुलेको थियो।

उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन्। प्रहरीले उनको हत्या भएको हुन सक्ने आंशका अनुसन्धान सुरु गरेको थियो ।

रूपेन्द्रले सुष्मासँग आफ्नो एकतर्फी प्रेम रहेको बयान प्रहरीसमक्ष दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077