Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरगंजका मेयर सिंहविरुद्ध कारबाही अघि बढाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । नागरिकता किर्ते प्रकरणमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध तत्काल कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।

नक्कली छोरी बनाएर किर्ते नागरिकता दिलाएका मेयर सिंहविरुद्ध गृहमन्त्री लामिछानेले कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयको छानबिन समितिले यसअघि नै अध्ययन सकेर मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको थियो तर कारबाही प्रक्रिया अघि बढेको थिएन ।

मेयर सिंहले समितिको बयानमा रिता भट्टराईलाई आफ्नो दोस्रो श्रीमती भएको बयान दिएका थिए।

भट्टराईकी छोरी रुबिनाको जन्मदर्तामा हस्ताक्षर गरेका स्थानीय पञ्जीकरण भिखारी रायले आफ्नो नाम र हस्ताक्षर किर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको पाइएको बताएका थिए ।

पदबाट जोगिन मेयर सिंहले गृह मन्त्रालय समक्ष दिएको बयानको २४ घण्टा नबित्दै दोस्रो भनिएकी श्रीमती रिता भट्टराईलाई अंश र डिभोर्स मुद्दा दिन पनि लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077