Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेप्से १० अंकले घट्दा ३ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १०.६२ अंक घटेर नेप्से २०७० अंकमा कायम भएको हो ।

यसदिन ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँमा खरिदबिक्री भए।  दोहोरो अंकले घटेको बजारमा एउटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो। गुराँस लघुवित्त वित्तीय संस्थाको ९.५६ प्रतिशतले बढ्दा मानुषी लघुवित्त वित्तीय संस्थाको ८.७५ प्रतिशत,स्वाबलम्बन लघुवित्त वित्तीयको ७.४३ र ग्रीन डेभलपमेन्ट बैंकको ६.७८ प्रतिशतले सेयर मूल्य बढेको हो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४१ करोड ६४ लाख १७ हजार ६८० रुपैयाँको कारोबार भयो।

सोनापुरको २३ करोड,अपर तामाकोशीको १३ करोड, घोराही सिमेन्टको ११ करोड र गुराँस फाइनान्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका उपसमूहमध्ये ३ बाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्।

डेभलपमेन्ट बैंक,फाइनान्स र मनु एन्ड प्रोबाहेक अन्य उपसमूहका सूचक नकारात्मक देखिएका हुन्। कारोबारमा आएका ८४ कम्पनीको मूल्य बढ्दा १५० को मूल्य ओरालो लाग्यो भने १० वटाको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077