Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेता ठाकुरमोहनमाथि हातपात गर्ने सहायक महामन्त्रीसहित तीन जना निलम्बित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका ठाकुरमोहन श्रेष्ठमाथि कार्यालयमै आक्रमण गर्ने तीन जना कार्यकर्तालाई कारबाही गरेको छ।

निलम्बनमा पर्नेहरूमा सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् ।

गत फागुन २७ गते कार्यसम्पादन समिति बैठकबाट बाहिरिँदै गर्दा श्रेष्ठमाथि अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्षबाहिर हातपात भएको थियो। अध्यक्ष राजेन्द्र लिङ्देनले हातपातमा सं‌लग्नहरूलाई आइतबार पत्र नै काटेर पार्टीबाट चार वर्षका लागि निलम्बन गरिएको उल्लेख गरेका छन्।

अध्यक्ष लिङ्देनले तीन जनालाई पदबाट निलम्बन गरेर त्यसको बोधार्थ सम्बन्धित प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र राष्ट्रिय प्रजातान्त्रिक युनियनका अध्यक्षलाई दिएका छन्।

श्रेष्ठमाथि हातपात गर्नेमध्ये बलायर उपाध्यक्ष विक्रम पाण्डेका स्वकीय सचिव पनि हुन्। कार्यसम्पादन समिति बैठकमा भ्रष्टाचार रोक्न पार्टीले कदम चाल्नुपर्ने विषयमा ठाकुरमोहनले कुरा राखेका थिए।

त्यसक्रममा विक्रम पाण्डेसँग भनाभन भएको थियो। पार्टी कार्यालयमै नेता श्रेष्ठमाथि भएको हातपातको घटनालाई राप्रपाले आन्तरिक रूपमा पनि छानबिन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077