Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तारेभिर हत्या प्रकरण : प्रेम प्रस्ताव अस्वीकार गरेपछि सुस्माको हत्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको घटनामा प्रहरीले एक हप्तापछि आरोपितलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका-३ कै २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरेको थियो । १२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खन्न गरेको थियो ।

हत्या आरोपी गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय हुन् । प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपीले सुस्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सुस्मा बुढानीलकण्ठस्थित बुढानीलकण्ठ माविमा पढ्थिन् । विगत ८ महिनादेखि सुस्मासँग ‘एकोहोरो प्रेम’ मा परेका रुपेन्द्रले उनको हत्या गर्न ८ दिनसम्म क्याम्पस जाने बाटोमा ढुकेर बसे ।

गोकर्णेश्वर नगरपालिका–३ बाट बुढानीलकण्ठमा पढ्न जाने उनीसँगै अरु दुई जना पनि थिए । माघ २२ मा बिहान सुस्मा एक्लै कलेज गएको अवस्थामा बाटो ढुकेर उनले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077