Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बहुविवाह मुद्धामा २ लाख धरौटीमा दुई दिन अघि छुटेका चन्द चेक बाउन्समा समातिए

सल्यान । सल्यानमा बहुविवाहको आरोपमा जेल सजाय भोगेर धरौटीमा छुटेको दुई दिनमै वीरेन्द्रकुमार चन्द पुनः पक्राउ परेका छन् ।

जिल्लाको कुमाख गाउँपालिका-१ का वर्ष ३२ का वीरेन्द्रकुमार चन्द बैंकिङ कसुर मुद्धामा (बाउन्स चेक) मा पक्राउ परेका हुन् ।

चन्दले सात लाख ६ हजारको बाउन्स चेक दिएको भन्दै बाग्चौर नगरपालिका १ बस्ने वर्ष ३० की सीता विकले २०८० जेठ १७ गते जिल्ला अदालत सल्यानमा मुद्धा दर्ता गरेकी थिइन् ।

विकले मुद्धा दर्ता गरेपछि फरार रहेका चन्दलाई जिल्ला प्रहरी कार्यालय बाँकेले बहुविवाह मुद्धामा पक्राउ गरेको थियो । उनी २ लाख धरौटीमा २०८० चैत्र १ गते मात्र छुटेका थिए ।

तर चन्दलाई प्रहरीले पुनः नेपालगन्ज उपमहानगरपालिका १० बाट पक्राउ गरेको हो । उनलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077