Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्री पुन र गृहमन्त्री लामिछानेको काठमाडौंमा पुत्ला दहन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरिएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आइतबार त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै उनीहरुको पुत्ला दहन गरेको हो ।

नेविसंघका केन्द्रीय सदस्य र त्रिभुवन विश्वविद्यालयका नेताहरूले पुन र लामिछानेको राजीनामा माग समेत गरेका छन् ।

पुन सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएको भन्दै नेविसंघले उनीहरूका विरुद्ध प्रदर्शन गरेको हो ।

सोही प्रकरणमा नेपाली कांग्रेसले पनि गृहमन्त्री रविको राजीनामा माग्दै संसद अवरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077