Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल आइपुग्यो

काठमाडौँ । कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव आफन्तहरूले बुझेर घर लगेका छन् । उनीहरूको शव पोष्टमार्टमपछि नेपाल पठाइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तहरूले शव बुझेर घर लगेका हुन् । गत मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीले ज्यान गुमाएका थिए ।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो भर्याङका सुजन कार्की, अछामका सुरज बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको थियो ।

मृतक तीनै जना पापाजोन कम्पनीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077