Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीबाट पक्राउ परेका महरालाई सीआईबी लगियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले भैरहवाबाट नियन्त्रण गरेर काठमाडौं ल्याएको छ ।

महरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।

लुम्बिनीबाट पक्राउ परेका महरालाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो। महरालाई आजै बिहान रुपन्देहीबाट पक्राउ परेका थिए ।

काठमाडौं ल्याइएसँगै उनलाई सीआईबीमा लगिएको छ । महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लगिएको हो ।

भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

सुन तस्करीसम्बन्धी छानबिन आयोगले महरालाई पक्राउ गरेर मुद्दा अगाडि बढाउन सिफारिश गरेको थियो ।

आयोगको सिफारिशबमोजिम महरालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले आइतवार प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077