Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लुम्बिनीबाट पक्राउ परेका महरालाई थुनामा राख्न आजै अदालत लैजाने तयारी

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई आजै अदालत उपस्थित गराउने तयारी गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई आवश्यक प्रक्रिया पुरा गरेर म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी थालेको हो ।

सोमबार बिहान भैरहवाबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो। सुन तस्करी प्रकरणमा सत्तारुढ दलका उपाध्यक्ष महरालाई सीआईबीले बयान लिइ कागज गरी छाडेको थियो।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो।आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए।

त्यसपश्चात मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सोही अनुसार गृहमन्त्री लामिछानेले मातहतका सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर पक्राउ गर्न निर्देशन दिएका थिए।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077