Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आयरल्यान्डविरूद्धको सिरिजका लागि नेपाल ‘ए’ को प्रारम्भिक सूची सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड्स वुल्भ्सविरूद्धको सिरिजका लागि नेपाल ‘ए’ को प्रारम्भिक टिममा ४० खेलाडीलाई बोलाएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका लागि अधिकांस युवा खेलाडीले मौका पाएका छन्।

सन्दीप जोरा, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की, देव खनाल, आरिफ शेखसहितका सिनियर टिमबाट खेलिसकेका खेलाडी ए टिममा छन्।

सिरिजमा नेपाल ‘ए’ र आयरल्यान्डबीच तीन खेलको एकदिवसीय र तीन खेलको टी-२० सिरिज हुनेछ। त्यसअघि नेपालको सिनियर टिमले दुई वटा टी-२० खेल्नेछ।

चैत १२ र १३ गते सिनियर टिमले आयरल्यान्ड्ससँग टी-२० खेल्नेछ। त्यसपछि १५, १६ र १८ चैतमा टी-२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077