Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सेयर बजार परिसूचक नेप्सेमा ३ अंकको सुधार, २ अर्ब ८८ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार आज सेयर बजार परिसूचक नेप्से अन्तिम समयमा बढेर बन्द भएको छ । नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ विन्दुमा कायम भएको हो।

अघिल्लो कारोबार दिन आइतबार नेप्से १०.६२ अंकले घट्दा ३ अर्ब ३८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ।

यसदिन ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर २ अर्ब ८८ करोड ५७ लाख ३७ हजार ८१८ रुपैयाँ खरिदबिक्री भए। नेप्से सामान्य अंकले बढेपनि पाँच कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

गुराँस फाइनान्स,सप्तकोशी डेभलपमेन्ट,पिपुल्स पावर,धवलागिरी लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा गुराँस फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २३ करोड १४ लाम मूल्य बराबरको सेयर खरिदबिक्री भयो।

शिवम सिमेन्टको २० करोडको सेयर कारोबार हुँदा सोनापुरले १३ करोड,अपर तामाकोशीले ११ करोड र घोराही सिमेन्टले ७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

यसदिन चार उपसमूहको सूचक बढ्दा बाँकी ९ वटा उपसमूहको सूचक नकारात्मक देखिए। कारोबारमा आएका १४८ कम्पनीको मूल्य बढ्दा ८६ वटाको घट्यो भने बाँकी ९ वटाको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077