Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल आइपुगे आईसीसीका अध्यक्ष ग्रेग

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् ।

सोमबार ४ बजे नेपाल आई पुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका हुन् ।

आईसीसी अध्यक्ष ग्रेग भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका हुन् । उनी आइतबार राति सम्पन्न महिला प्रिमियर लिगको फाइनलमा सहभागी हुन भारत भएका थिए ।

बार्कले चैत ८ सम्म नेपालमा बस्नेछन् । उनले नेपालमा टीयु र मुलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् ।

त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवातथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077