Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इलाम १ को उपनिर्वाचनका लागि २० दल दर्ता

काठमाडौं ।आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम-१ मा २० वटा दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि फागुन २४ गतेदेखि फागुन ३० गतेसम्मका लागि दर्ताको समय दिएको थियो।

यस्तै निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको बताए।

यस्तै बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा लागि पनि १९ वटा दलले आवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077