Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चेक रिपब्लिक पठाइदिन्छु भन्दै २९ लाख ठगी गर्ने तामाङ पक्राउ

काठमाडौं । चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २७ वर्षीय संजिभ तामाङ रहेका छन् ।

तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो।

उनले ११ जनालाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाइदिने भनेर २९ लाख रुपैयाँ लिएका थिए।

त्यहाँ मासिक एक लाख रुपैयाँ कमाइ हुने आश्वासन दिएर प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्ने बताएका थिए। रकम लिएपछि उनी बेपत्ता भएका थिए।

पक्राउ परेका उनलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077