Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वसभामुख महरालाई अस्पतालमा बस्न दिन अदालतको आदेश, नर्भिकमा भर्ना गर्ने तयारी

काठमाडौं । सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिने भएको छ ।

अदालतको आदेशअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा नराखेर महरालाई नर्भिक अस्पताल लगिने भएको हो ।

काठमाडौँ जिल्ला अदालतले माओवादी केन्द्रका उपाध्यक्ष महरालाई अस्पतालमा बस्न दिन आदेश दिएको थियो । अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

पहिलेदेखि नै उनी नर्भिकमा उपचाररत देखिएकाले उनलाई त्यहाँ पठाउने तयारी भइरहेको बताइएको छ ।

उनलाई भेपमा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धान गर्नका लागि आजै कपिलवस्तुबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077