Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् ।

राष्ट्र बैंकमा कार्यरत एक उच्च तहकी अधिकृतमाथि दुर्व्यवहार गरेको पुष्टि भएपछि आचार्यलाई विभागीय कारबाही गरिएको हो ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४) को परिच्छेद १३ को विनियम १४५ को (ख) मा भएको विशेष सजाय अनुसार भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बैंकको सेवाबाट हटाइएको बताइएको छ ।

आचार्यले गत पुस २७ गते केन्द्रीय बैंकका उच्च अधिकारीको स्ट्रेस म्यानेजमेन्ट कार्यक्रममा महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077