Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घाइते भएका दुईजना प्रहरीलाई चार चक्के स्कुटर हस्तान्तरण

झापा । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाले घाइते भएका दुईजना प्रहरीलाई चार चक्के स्कुटर हस्तान्तरण गरेको छ ।

महाशाखाले विभिन्न समयमा घाइते भएका झापा शिवसताक्षीका पूर्व प्रहरी हवल्दार टेकबहादुर सामसुहाङ र मोरङका प्रहरी सहायक हवल्दार शिवनारायण महतोलाई स्कुटर प्रदान गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सोमबार आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी चन्द्र कुँवर खापुङले घाइते प्रहरीहरूलाई भन्सार छुटमा ल्याएको स्कुटरको चाबी र ब्लु बुक हस्तान्तरण गरे ।

एउटा स्कुटर मूल्य एक लाख ६० हजार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077