Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले कञ्चनपुरमा सर्वसम्मत नेतृत्व चयन

    एमाले कञ्चनपुरमा सर्वसम्मत नेतृत्व चयन

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 306
    SHARES

    कञ्चनपुर । नेकपा एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा लक्ष्मी बुढा निर्वाचित भएकी छन् ।

    पार्टीको नवौँ जिल्ला अधिवेशनबाट बुढा सर्वसम्मत अध्यक्ष निर्वाचित भएकी हुन् । अधिवेशनबाट उपाध्यक्षमा जनकराज अवस्थी चुनिए।



    यसै गरी सचिवमा पल्लवराज भट्ट निर्वाचित हुँदा उपसचिवमा अशोक चन्द र राजीव खड्का निर्वाचित भए । पाँच दिनसम्मको सहमतिको प्रयासपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।



    अध्यक्ष मण्डलले सोमबार राति सर्वसम्मत घोषणा गरेका पदाधिकारीले राति नै पद तथा गोपनीयताको शपथ लिए ।

    उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा निर्वाचन आयोगका केन्द्रीय सदस्य मनोज खड्काले शपथ खुवाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार